Logo

धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार गर्नेलाई कडा कारबाही गर्नुपर्छ : राणा



काठमाडौं, २६ चैत । हिन्दू जागरण अभियन्ता प्रदीपविक्रम राणाले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहार गरिएको भन्दै घट्नामा संलग्न अपराधीलाई तत्काल कानूनी कारबाही गर्न माँग गरेका छन् ।

उनले उक्त घट्नाको निन्दा गर्दै सरकारसमक्ष अविलम्ब छानवीनको माग समेत गरेका छन् । राणाले सोमबार विहानै एक विज्ञप्ती जारी गर्दै भनेका छन,‘हिन्दू धर्म, संस्कृति, परम्परालाई हतोत्साहन गर्न गराइएको’ उक्त घटनाका अभियुक्त, मतियारर योजनाकार सबैलाई कडा कारवाही हुनुपर्छ।”

त्यस्तै उनले घाइते गुरुको उपचारमा विशेष ध्यान दिन पनि सरकारसँग आग्रह गरेका छन् । केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको उनको आरोप छ । धार्मिक गुरु एवं व्यक्तित्वको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन उनले सरकारसँग माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्