Logo

नौ दिन लामो बिस्केट जात्राको तयारी पूरा



भक्तपुर, २६ चैत  : भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान यहाँ विशाल सद्भाव एवं शान्ति ¥याली प्रदर्शन गरिएको छ ।

यसवर्षको बिस्केट जात्रा भोलि २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र आगामी वैशाख ५ गते गहिटी पु¥याएर सम्पन्न हुनेछ ।

बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा ¥याली निकालिएको छ । ¥यालीले तौमढीबाट शुरु भई नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

स्थानीय बासिन्दा, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, राजनीतिक दल, नागरिक समाज, स्थानीय विभिन्न क्लबका प्रतिनिधि, विद्यार्थी, स्काउट सुरक्षाकर्मीका तीनवटै निकाय, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधि ¥यालीमा सहभागी थिए ।

तौमढीमै आएको समापन भएको शान्ति ¥यालीपछि सम्बोधन गर्दै प्रजिअ पोखरेलले ऐतिहासिक एवं सांस्कृतिक महत्वको जात्रालाई शान्तिपूर्ण रुपमा मनाउनु पर्ने र ढुङ्गा हान्नेलाई प्रशासनले कुनै हालतमा नछाड्ने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुभयो ।

उहाँले यसवर्ष जात्रालाई शान्ति पूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिएको, जात्रामा एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटाउने, मदिरा बिक्री वितरणमा रोक लगाइने र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने बताउनुभयो ।

त्यसैगरी भोलिबाट शुरु हुने बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले जात्राको आवश्यक सबै तयारी पूरा गरेको बताउँदै जात्रा १ बजेबाटै सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्