Logo

मुख्यमन्त्री शाही सवार विमान दुर्घट्नाबाट जोगियो



‘नेपालगन्ज उडेको विमान भैरहवामा आकस्मिक अवतरण’
काठमाडौं, २६ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सवार श्रीएयरलाईन्सको विमान दुर्घट्नाबाट जोगिएको छ ।

काठमाडौंबाट नेपालगन्जको लागि उडेको विमानमा समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेको मुख्यमन्त्री शाहीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

त्रिभूवन विमानस्थल काठमाडौंबाट दिउँसो करिब साढे दुई बजे बाँके नेपालगंजका लागि उडेको विमान मौसम खरावीका कारण भैरहवामा आकस्मिक अवतरण गरेको शाहीले बताए ।

मुख्यमन्त्री शाहीले विमान सकुशल भैरहवामा अवतरण गरेको जानकारी दिएका छन् । उनले भने,‘हामी करिब साढे दुईबजे अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगंजको लागि उडेका थियौं, दाङको आकाशमा पुग्दा मौसम खराव भएको अनुमान गर्यौ, पश्चिममा निक्कै ठूलो पानि परेकोले मौसम खराब भएको हो, विमान दुर्घट्नाबाट जोगियो, हामी सबै सकुशल छौं ।’



प्रतिक्रिया दिनुहोस्