काठमाडौं, २७ चैत । आज साँझ बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ आईजीपी नियुक्त गर्ने भएको छ । यसअघि आज विहान बसेको मन्त्रिपरिषद बैठकले यसबारे कुनै निर्णय गर्न सकेन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीको म्याद भोली अर्थात चैत २८ गते ३० वर्षे सेवाअवधिका कारण सकिँदैछ । म्याद सकिनुअघि नै आज नयाँ आईजीपी नियुक्ती गरिने बुझिएको थियो ।
आजको मन्त्रिपरिषद बैठकमा आईजीपीबारे कुनै निर्णय नभएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । नेपाल प्रहरीमा आइजीपी बन्ने दौडमा डिआइजीहरु सवेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की रहेका छन् ।
उता सशस्त्रमा शैलेन्द्र खनाल आइजीपीको दावेदार मानिन्छन् ।