Logo

राष्ट्रपतिको दबाब छल्दै ओली प्रचण्डतिर, नयाँ आईजीपीमा खनाल



काठमाडौं, २७ चैत । सरकारले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपी नियुक्ती गर्दैछ । आईजीपी नियुक्ती गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरीको लागि डिआईजी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको लागि एआईजी शैलेन्द्र खनालको नाम सिफारिश गरेका छन् । सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खनालद्धयकै पक्षमा निर्णय गर्न सक्ने बुझिएको छ ।

नेपाल प्रहरीको आईजीपीको लागि डिआईजीहरु सवेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की दौडमा छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खनालको पक्षमा छन् ।

मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार डिआईजी खनालको पक्षमा निर्णय हुँदैछ । यसअघि आईजीपीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्कर कार्कीको पक्षमा अडान लिएका थिए । ओलीले राष्ट्रपतिको दबाब छल्दै प्रचण्डको सल्लाह अनुसार निर्णय गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्