काठमाडौं, २७ चैत। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् ।
त्यस्तै साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।
सशस्त्रको प्रमुखमा खनाललाई
मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए ।
बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् ।