Logo

जापानमा पहिरोले पुरिएर छ बेपत्ता



टोकियो, २८ चैत : दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् ।

स्थानीय समयानुसार बुधबार बिहान ३.५० मा आएको पहिरोले याबाकैका तीन ओटा घरसमेत बगाएको स्थानीय अधिकारीहरु जनाएका छन् ।

पहिरोको बाटो आएर पुरिएको ठाउँबाट माटो हटाउन विभिन्न यन्त्रहरु मगाइएको उद्धार कार्यमा खटिएका स्थानीय अधिकारीहरुले बताएका छन् ।
सुरक्षाकर्मीहरुले पनि उद्धार तथा खोजीका लागि घटनास्थलमा सहयोग गरिरहेको उनीहरुले बताएका छन् । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्