काठमाडौं, २८ चैत । नेकपा माओवादी केन्द्रका पोलिव्यूरो सदस्य युवराज सफलले नेकपा एमाले र माओवादीबीच सम्मानजनक हैसियतमा एकता हुनुपर्ने बताएका छन् ।
बुधबार साँझ नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सफलले भने,“सम्मानजनक रुपमा एकता हुनुपर्छ, यदि ५०÷५० को अनुपातमा हुनुपर्छ, यदि तलमाथि भयो भने हामी एकता गर्दैनौं।”
५०/५० को अनुपातमा कुरा नमिलाए दुई पार्टीबीच एकता नहुने बरु यो भावनालाई उपेक्षा गरेर अघि बढ्न खोजे एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले आफूहरुको नयाँ विद्रोह थेक्न नसक्ने उनको चेतावनी थियो ।