Logo

आफ्नो चरित्र हत्या गर्नेगरि भ्रामक कुरा फैलाएकोमा भट्टको कडा आपत्ति



काठमाडौं, २८ चैत । विगत केही दिनदेखि सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलमा आफ्नो नाम क्षमता ढकालसंग जोडेर समाचार आइरहेकोप्रति विराट भट्टले गम्भिर ध्यानाकार्षण भएको भन्दै फेसबुकमा स्टाटस् पोष्ट गरेका छन् ।

नीज ढकालले कपोकल्पित आरोप लगाएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले अनर्गल र भ्रामक प्रचारबाजी गरेको भट्टको आरोप छ । उनले पोष्ट गरेको स्टाटस्मा भनिएको छ,“हो, क्षमतासंग म निकटको साथीका रुपमा थिएँ । उहांलाई अप्ठेरो परेका बेला मैले भावानात्मक तथा आर्थिक सहयोग पनि गरेको हो । तर, उहांले मिडिया र सामाजिक सञ्जालमा भने जसरी मैले कहिल्यै पनि बिवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको थिइन् । कुनै प्रलोभन देखाएर उहांसंग फाइदा लिने मेरो मनसाय पनि रहेन । बरु मैले उहांलाई दुःखको बेला साथ दिएर एउटा असल र सहयोगी भावना निभाउंदा झन् उल्टो मेरो चरित्रलाई लिएर विभिन्न अड्कलबाजी तथा भ्रम फैलिएकामा ज्यादै दुःख लागेको छ । म बिवाह गर्न नेपाल जाने भन्ने समाचार पूर्णरुपमा गलत छ ।”

सन् २०१५ को अन्तिम समयमा ढकाल पाकिस्तानी तथा बंगाली समुदायका युवाबाट पीडित भएको र त्यसबाट मुक्ति दिलाउन आफूले सक्दो सहयोग गरेको भट्टले जनाए । उनले भनेका छन्,“नेपाली समुदाय र बिजनेशमा स्थापित भएका नाताले मैले उहांलाई नेपाली कम्युनिटीमा घुलमिल हुन प्रेरित गरें । मेरो भावनात्मक सहयोगप्रति क्षमताको परिवार समेत जानकार छ ।”

ढकाल कयौं केटासाथीसंग नजिक भएको र आफूसंग आज को संग डेट गरौंसम्मका कुरा सेयर गर्ने गरेको उनको दाबी छ ।उनले अघि भनेका छन्,“तर मैले यसमा कहिल्यै प्रेरित गरिन । कतिपयलाई भ्रम छ कि उहांले पाखुरामा बनाएको टयाटु मेरो हो । तर, त्यो भारतीय नागरिक बिराजसिंह कोलीको भएको स्पष्ट पार्न चाहन्छु र उहांको अर्को टयाटु अलीको नाममा पनि छ ।”

आफ्नो चरित्र हत्या भएको सम्बन्धमा प्रहरीमा उजुरी गरेपछि ढकालबाट भएको मिडियाबाजीप्रति उनको गम्भिर आपत्ति छ । उनले भनेका छन्,“त्यो एकदम निन्दनीय र अस्वीकार्य छ।” भट्टले थप भनेका छन,“पछिल्ला समाचारबाट मेरो चारित्रिक, पारिवारिक तथा व्यवसायिक क्षति हुन गएकोप्रति मैले कानुनी उपाचार खोज्ने गृहकार्य गरिसकेको छु । यदि मबाट कुनै गलत कार्य गरेको भए कानुनी रुपमा जुनसुकै सजाय भोग्न पनि तयार छु ।”

उनले मिडियामा आवद्ध साथीहरुलाई विशेष अनुरोधका साथ भनेका छन्,“कृपया मेरो र ढकालजीसंग सम्वन्धित समाचार प्रकाशन पूर्व स्वविवेक अपनाइ यसको गाम्भीर्यता बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्