संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ३० चैत : बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन बिहीबार माग गरेको छ ।
गत महिना रूसका पूर्व गुप्तचर र उहाँकी छोरीमाथि भएको जस्तो रसायनिक आक्रमण फेरी नहोस् भन्ने व्यवस्थाका लागि बैठक बोलाउन माग गरिएको बेलायतले जनाएको छ ।
विश्वभर भइरहेको रसायनिक आक्रमणको बारेमा छलफल गर्न अत्यावश्यक भएको बेलायती अधिकारीहरुको भनाई छ ।
बेलायतको माग अनुसार यो हप्तापछि सुरक्षा परिषद्को बैठक बोलाइने अपेक्षा गरिएको राष्ट्रसंघकालागि बेलायती मिसनले जनाएको छ । (रासस/एएफपी)