Logo

भोजपुर सदरमुकामका ४ वटा पसलमा चोरी



सरिता राई, भोजपुर, ३० चैत । भोजपुर सदरमुकामको भोटेपसलमा एक सुन पसल सहित अन्य ३ तीन वटा पसलमा चोरी भएको छ ।

गएराती सोही पसलहरुबाट चोरी भएको बताइएको छ । भोजपुर नगरपालिका वडा नं – ९ मा पर्ने कामना ज्वलर्स, प्रभा किराना स्टोर, सन्ध्या होटल र मोसबिरा व्युटिपार्लरमा चोरी भएको हो ।

घटना स्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिहेको छ । कामना ज्वलर्सको एक लाख १० हजार बरावरको डेढ केजी चाँदी चोरी भएको छ भने अन्य पसलबाट कति चोरी भयो भन्ने पुर्ण विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्