Logo

राष्ट्रबैँकले भन्यो “आर्थिक परिदृश्य मिश्रित”



चैत ३०, काठमाण्डौ । आर्थिक वर्ष २०७४÷७५ को आठ महिनासम्म उपलब्ध आर्थिक परिसूचकहरुले आर्थिक गतिविधिको मिश्रित परिदृश्य रहने देखाएको छ ।

नेपाल राष्ट्रबैकले विहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तिय विवरण सार्वजाकि गर्दै अर्थिक अवस्था मिश्रित रहने उल्लेख गरेको हो ।

नेपाल राष्ट्रबैकका अनुसार मकै तथा गहुँको उत्पादन क्रमसः ९.४ प्रतिशत र ५.० प्रतिशतले बढ्ने देखिएको छ । यद्यपी चालु आर्थिक वर्षको सुरुवातमा तराई भागमा आएको भारी वर्षा तथा डुवानका कारण धानको उत्पादनमा भने १.५ प्रतिशतले कमी आउने अनुमान गरिएको छ । गैह–कृषि गतिविधितर्फ चालु आर्थिक वर्षको आठ महिनामा केही जलविद्युत आयोजनाहरु सम्पन्न भएका र कुल विद्युत उत्पादनमा ७२ मेगावाट विद्युत थपिएको प्रतिवेदनमा उल्लेख छ ।

फलाम लगायतका कच्चा पदार्थको आयातमा भएको वृद्धिका साथै उर्जा आपूर्तिमा आएको सुधारबाट औद्योगिक गतिविधिमा विस्तार आउने प्रतिवेदनको दाबी छ ।

त्यसैगरी फलामजन्य वस्तु तथा सिमेन्टको आयातमा भएको वृद्धिबाट निर्माण तथा पूननिर्माण कार्यले गति लिएको प्रतिविम्वित गरेको बताइएको छ । २०७४ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर अघिल्लो वर्षको २.९ प्रतिशतबाट वृद्धि भई ६.० प्रतिशत पुगेको छ । तरकारीजन्य वस्तुहरुको उल्लेख्य मूल्य वृद्धि र गत वर्षको न्यून मूल्य आधार प्रभावका कारण अघिल्लो वर्षको तुलनामा समिक्षा अवधिमा मुद्रास्फीति केही बढेको हो ।

तरकारीजन्य वस्तुहरुको मुद्रास्फीति अल्पकालिक उच्च रहेको भएतापनि औसत मुद्रास्फीति वार्षिक प्रक्षेपणभन्दा कम नै रहने अनुमान छ । आयातको स्तर बढेको हुँदा चालु खाता तथा शोधनान्तर घाटामा विस्तार भएको राष्ट्रबैँकले जनाएको छ । त्यसै गरी बैदेशिक व्यापारमा कुल बस्तु निर्यात १०.८ प्रतिशतले वुद्धि भई रु ५३ अर्ब ४२ करोड पुगेको छ ।

अघिलो बर्षको सोहि अवधिमा यस्तो निर्यात १२.८ प्रतिशतले वृद्धि भएको थियो । त्यसै गरी निर्यात आयात मुल्य सूचाकाङ्गमा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मुल्य सुचकाङ्क बार्षिक विन्दुगत आधारमा १.७ प्रतिशतले बढेको थियो भने आयत सुचकाङ्कमा ६.२ प्रतिशतले वृद्धि भएकोले व्यपारको सर्तमा ४.२ प्रतिशतले हस अएको छ ।

त्यसै गरी आर्थिक बर्ष २०७४ ,७५ को आठ महिनामा नगद प्रभावमा आधारीत नेपाल सरकारको बजेट घाटा वुद्धि भई रु ५३ अर्ब ६३ करोड पुगेको छ । नगद प्रभावमा आधारीत कुल सरकारी खर्च रु ५०६ अर्ब ५५ करोड पुगेको छ । त्यर्स गरी सरकारको कुल राजस्व सङ्कलन २१.४ प्रतिशतले वृद्धि भई रु ४३० अर्ब ६ करोड पुगेको छ ।

२०७४ फागुन मसान्तसम्ममा सरकारी ढुकुटीमा रु २७४ अर्ब ३ करोड नगद मौज्दात कायम रहेको छ । त्यसै गरी गत फागुनमा मुलुकको विदेशी विनिमय सञ्चिति १० खर्ब ४९ अर्ब रुपैयाँ छ । गत असारको तुलनामा यो २.८ प्रतिशतले घटेको हो । गत असारमा यस्तो सञ्चिति १० खर्ब ७९ अर्ब रुपैयाँ थियो ।

तर, गत माघको तुलनामा परिसूचकमा विदेशी विनिमय सञ्चितिमा खासै परिवर्तन नभएको राष्ट्र बैंकको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्