Logo

पार्टी एकता अलमलमा : ओली रारामा, प्रचण्ड चितवनतिर



काठमाडौं, ३० चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही बैशाख ९ गते नै एकता गर्ने हल्ला चलिरहेको बेला एकता संयोजन समितिको बैठक भने बस्न सकेको छैन् ।

दुई पार्टीका प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो चार दिनदेखि भेटवार्ता नै हुन नसकेको सूत्रहरुको दाबी छ । प्रचण्डको स्वास्थ्यमा सामान्य समस्या आएपछि एकता संयोजन समितिको अस्ति र हिजो डाकिएका दुवै बैठक स्थगित् भएको बताईएको थियो ।

एमाले–माओवादी केन्द्रबीच सङ्गठनात्मक समायोजन, जनयुद्ध र निर्वाचन चिन्हमा ठोस सहमति हुन बाँकी छ । एमाले–माओवादी पार्टी एकता घोषणाका लागि तयारी भैसकेको नेताहरुले बताउने गरेका छन् । तर, उनीहरुले भनेजस्तो सजिलो भने छैन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पछिल्लो समय मनमुटाव भएको स्रोतको दाबी छ । ओलीले नयाँ बर्षको पहिलो दिन भोलि मुगुको राराबाट देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने निर्णय अनुसार आजै प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन् । त्यस्तै उनले शनिबार वैशाख १ गते त्यहाँबाट देशबासीलाई बिशेष सम्बोधन गर्नेछन् ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपनि चितवनमा छन् । ओली र प्रचण्ड दुवै जनता दुई तिर हिँडेपछि एकता संयोजन समितिको बैठक अलपत्र परेको छ । संयोजन समितिको बैठक बस्न ढिलाई भएसँगै बैशाख ९ गते गर्ने भनिएको एकतामा पनि केही बिलम्ब हुने स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्