Logo

मेलम्चीको पानी पक्का आउने भो !



चैत ३०, काठमाण्डौ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सिन्धु–ग्याल्थुङ खण्डको ७ दशमलव ५ किलोमिटर सरुङ ब्रेकथ्रु भएको छ । सुरुङ खन्ने काम सकिएकाले लक्ष्यनुसार काम भए चार महिनामै काठमाडांैबासीले मेलम्चीको पानी पिउन पाउने मेलम्ची आयोजनाको दाबी गरेको छ ।

काठमान्डौँ बासीले तिव्र रुपमा पर्खिरहेको मेलम्चिको पानि अब भने छिटै उपत्यका आउनेमा आशा पलाएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच सुरुङमार्गभित्रै पुगेर उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी तथा सरसफाइमन्त्री विना मगरले सुरुङ खण्डको उद्घाटन गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सिन्धु–ग्याल्थुम खण्डको ब्रेक थु्र भएसँगै मेलम्चीदेखि काठमाडौंसम्मको सुरुङमार्ग पूरा भएको छ ।

२६ किलोमिटर दूरीमा रहेको सुरुङमार्ग निर्माणका लागि एसियाली बिकास बंैकको ८० प्रतिशत लगानी रहेको छ भने नेपाल सरकारको २० प्रशितत लगानी रहेको छ । यो सुरुङबाट दैनिक १७ करोड लिटर पानी बग्छ । यसको निर्माणका लागि २ सय ८७ दशमलव ४ मिलियन डलर, अर्थात २७ अर्ब ७६ करोड रुपैयाँ लागेको बताइएको छ ।

सुरुङ खन्ने काम सकिएकाले लक्ष्यनुसार काम भए चार महिनामै काठमाडांैबासीले मेलम्चीको पानी पिउन पाउने मेलम्ची आयोजनाको दाबी गरेको छ । काठमान्डौँ बासीले तिव्र रुपमा पर्खिरहेको मेलम्चिको पानि अब भने छिटै उपत्यका आउनेमा आशा पलाएको छ ।

विहिबार औपचारिक रुपमै सुरुङको ब्रेक थ्रु भए संगै पानी आउनेमा सर्वसाधारणमा आशा पलाएको हो । त्यस्मा पनि खानेपानी मन्त्री विना मगरले यहि दशैँ अगावै उपत्यकका घरघरमा मेलम्चीको पानि आइपुग्ने दाबि गरिरहँदा सर्वसाधारण मा थप खुसी छाएको छ ।

पटक पटकको समयावधि थपिने क्रममले आम जनमानसमा मेलम्ची नआउने पो होकी भन्ने आशंका छाएको थियो । तर पछिल्लो समय तिव्र गतिमा निर्माण कार्यले सो आशंका चिर्न सफल भएको छ ।

आयोजनाले पनि उपत्यकाका विभिन्न स्थानमा पुरेका पाइपको प्रेसर टेस्ट सुरु गरेको छ । पाइपमा पानीको प्रेसर टेस्ट गर्दा कतैबाट लिकेज नभएपछि मात्र स्थायी रुपमा पाइप पुरी खनेका सडक कालोपत्रे गर्ने योजनाअनुसार आयोजनाले पाइपको प्रेसर टेस्ट गरेको हो ।

आयोजनाले थोक वितरणका लागि ठूलो साइजको पाइप कुल ७७ किमिमध्ये हालसम्म ६६ किमिमा बिछ्याइसकेको छ । यस्तै, वितरण सञ्जालका लागि सानो साइजको पाइप कुल ७ सय ८३ मध्ये किमिमध्ये हालसम्म ६ सय ७८ किमि बिछ्याइसकेको छ ।

बाग्मती नदीलगायत अन्य खोलानालाबाट ट्याङ्करमा ल्याएको पानी भरेर यी पाइपको प्रेसर टेस्ट गरिएको हो । सुन्दरीजल–महाँकाल, चक्रपथ–खुमलटार, नारायणगोपाल चोक–पानीपोखरीमा पाइपमा पानीको प्रेसर टेस्ट गरी पाइप पुरिसकिएको छ । बल्खु–कलङ्की र एकान्तकुना–बल्खुमा भने पाइप बिछ्याउने काम अघि बढ्न सकेको छैन ।

कलङ्कीमा चीन सरकारले बनाउँदै गरेको अन्डरग्राउन्ड पुलका कारण पाइप बिछ्याउन ढिलाइ भएको छ । थोक वितरणका लागि ठूला साइज र घरघरमा पानी पुर्याउनका लागि साना साइजका पाइप बिछ्याउने, प्रेसर टेस्ट गरी स्थायी रुपमै सडक कालोपत्रे गर्ने काम करिब अन्तिम चरणमा पुगेको आयोजनाको भनाइ छ ।

यस्तै उपभोक्ताका घरघरमा धारा जडान र खानेपानी ट्याङ्की निर्माणको काम पनि अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाका अनुसार हालसम्म कुल ७८ हजार ४२ धारामध्ये ४५ हजार ९ सय ५९ धारा जडान भइसकेको छ ।

यसैगरी विभिन्न परिणामका १० वटा खानेपानी ट्याङ्की निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । मेलम्ची आयोजनाले खानेपानी उपत्यकामा ल्याएपछि यहाँको खानेपानी समस्या केही मात्रामा मात्रै हल हुने विश्वास लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्