Logo

कांग्रेसमा सुधार जरुरीः नेता पौडेल



धुलिखेल, ३० चैत : नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा रामभक्त कोख श्रेष्ठ स्मृति सिरपाः प्रबन्ध समितिले आयोजना गरेको १६ औँ साधारणसभा तथा सम्मान कार्यक्रममा उहाँले राष्ट्रलाई सही दिशामा लैजानका लागि पार्टीलाई पहिला सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो । काँग्रेस सुधार हुन सके मत्रै राष्ट्र सुधार हुने नेता पौडेलको भनाइ छ ।

नेता पौडेलले सुधारको अभियान आफूबाट शुरुआत गर्नुपर्ने जरुरी रहेको बताउँदै यसको शुरुवात काँगे्रसबाटै गर्ने बताउनुभयो । “म भन्न चाहन्छु, पहिला काँग्रेसीलाई सुधार गरेर र राष्ट्रलाई समेत सुधार गर्ने जिम्मेवारी काँग्रेसले लिनुपर्छ ।”

कार्यक्रममा राजनीतिक विश्लेषक पुरुषोतम दाहाल, काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्य, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, समितिका अध्यक्ष हरिभतm भोछिभोयालगायतले प्रजातन्त्र स्थापनामा बनेपालीकोे योगदानबारे विचार व्यक्त गर्नुभएको थियो ।

योद्धालाई सम्मान

कार्यक्रममा राणा शासनको अन्त्य तथा प्रजातन्त्र स्थापना गर्न योगदान पु¥याउनुभएका योद्धा ९२ वर्षीय गोपालदास बादे श्रेष्ठलाई सम्मान गरिएको छ ।

उहाँलाई नगद रु २५ हजारसहित दोसल्ला र सम्मानपत्रद्वारा वरिष्ठ नेता पौडेलले उहाँलाई सम्मान गर्नुभएको हो ।

–––



प्रतिक्रिया दिनुहोस्