Logo

कर्मचारीहरुमा देखिएको विकृतिहरुलाई हामी समाप्त पार्न चाहन्छौँ



लालबाबु पण्डित-नयाँ वर्ष २०७५ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबैप्रति मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

७४ साल चुनावी वर्षको रुपमा रह्यो । अब ७५ साल संघियतालाई व्यवस्थित गर्ने वर्षका रुपमा र विकासलाई अगाडि बढाउने वर्षको रुपमा रहनेछ भन्ने विश्वास लिएको छु ।

अब केही दिनभित्रै हरेक गाउँ, वडा तहमा सेवा प्रवाह गर्नको निम्ती राष्ट्रसेवकको कमी हुने छैन । हरेक ठाउँमा नयाँ संरचना तयार गरेर पठाइसकेका छौँ । १५ दिनभित्र प्राथमिकताको सूचि प्रस्तुत गर्न राष्ट्रसेवकलाई सार्वजनिक सुचनामार्फत आग्रह गरेका छौँ । सबै ठाउँमा प्रशासनिक र प्राविधिक कर्मचारीलाई व्यवस्थापन गर्छौँ । अबको एक महिनाभित्रमा कर्मचारी व्यवस्थापन गर्न सक्छौँ ।

विगतमा कर्मचारीहरुमा देखिएको विसंगति र विकृतिहरुलाई हामी समाप्त पार्न चाहन्छौँ । चाहे जनप्रतिनिधी हुन्, चाहे राष्ट्रसेवक, काम छोडेर विदेश वा कहीँ कतै घुम्न जाने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अति आवश्यक काममा बाहेक मन लागेको बेलामा मन लागेको ठाउँमा घुम्न जाने प्रवृत्तिको अन्त्य हुन्छ ।

वैशाख १, काठमाण्डौ ।



प्रतिक्रिया दिनुहोस्