Logo

नर्या वर्ष पत्रकारको दक्षता अभिवृद्धि वर्ष



पोखरा, १ वैशाख : श्रमजीवी पत्रकारको छाता संगठन पत्रकार महासंघ कास्की शाखाले नयाँ वर्ष २०७५ लाई तालीम वर्षका रुपमा मनाउने भएको छ ।

नयाँ वर्षको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पत्रकारिता क्षेत्रको विकासका लागि सबै किसिमका तालीम सञ्चालन गरिने कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष एवं स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारिता क्षेत्रमा भाषिक शुद्धताको खाँचो आँैल्याउनुभयो ।

अर्का शाखाका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाले दक्ष र मर्यादित पत्रकारिताको माध्यमबाट मात्र नागरिकका हक, अधिकारको संरक्षण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा शाखाका पूर्वअध्यक्ष पुण्य पौडेल, पत्रकार नवराज सुवेदी, डा बलराम रेग्मी, हरि बास्तोला, तारा चापागाई, दुर्गा भण्डारी, श्याम कुँवरलगायतले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिएका थिए । (रासस)



प्रतिक्रिया दिनुहोस्