वैशाख २, काठमाण्डौ । स्पेनिस क्लव रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको छोरा जुनिएर रोनाल्डोले आफ्नो स्कुल टिमबाट सर्वाधिक गोलकर्ताको ट्रफी पाएका छन् ।
उनको यो सफलतालाई छोरा पनि बुबाकै पथमा लम्किन थालेको भनेर प्रशंसा भइरहेको छ । जुनियर रोनाल्डोले आफ्नो स्कुल टिमबाट फुटबल खेल्ने गर्दछन् । उनले ट्रफी लिएर हजुरआमासँग खिचाएको फोटो सार्वजनिक भएको छ ।
सात वर्षीय छोराले हासिल गरेको सफलतामा रोनाल्डोले पनि इन्स्टाग्राममार्फत बधाइ दिएका छन् ।