Logo

प्रधानमन्त्रीको सम्बोधन विगतको जस्तै जनतामा भ्रम छर्ने काम मात्रै : विश्वकर्मा



वैशाख २, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ६ को मुगुमा अवस्थित रारा तालबाट नयाँ वर्षको उपलक्ष्यमा जनताको नाममा सम्बोधन गरे ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारका आगामी कार्यदिशाबारे प्रस्ट्याएका छन् ।

प्रधानमन्त्रीको सम्बोधनमा भनिएको छ, “यस सरकारका कामहरु लोकतन्त्र मानव अधिकार र खुल्ला समाजको अवधारणाबाट निर्देशित हुने छन् । सरकारका कार्यक्रमहरु, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जरैसम्म सुदृढ गर्ने दिशामा परिलक्षित हुनेछन् । प्रदेश र स्थानीय तहहरुलाई सक्षम, सुदुढ र आत्मनिर्भर बनाउन विशेष भूमिका खेलिनेछ । सहकारिता, समन्वय र एकताको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहको सर्वाङ्गीण विकास गरिनेछ । राज्यका नीति निर्माणमा जनताको भूमिका अझ प्रभावकारी होस्, कानुनी हिसाबले मात्र होइन, राज्य यथार्थमै जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित होस् भन्ने कुरा सुनिश्चित गरिने छ ।”

नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले प्रधानमन्त्रीको अभिव्यक्ति पहिलेदेखि नै उत्तेजित र नेपाली जनतालाई भ्रम फैल्याउने खालका हुने गरेको भन्दै अहिलेको सम्बोधनबाट धेरै आशा गर्न नसकिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले प्रधानमन्त्रीको हरेक अभिव्यक्तिलाई टिका टिप्पणी गर्न आवश्यक नरहेको बताए ।

२०६४ देखि ७४ सम्म अधिकांश समय वामपन्थीहरु नै सरकारमा बसेको तर यस्तै महात्वाकांक्षी योजना सुनाएर समय खेर फालेको विश्वकर्माको आरोप छ ।

“जनतालाई अलमल्याउने वामपन्थीहरुको शैली नै हो । यसमा हाम्रो विरोध छैन । आशंका चाँही छ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्