काठमाडौं, २ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही बैशाख ९ गते एकता हुने हल्ला चलिरहेको बेला अहिले दुई प्रमुख नेताहरु केपी शर्मा ओली र पुष्पकममल दाहाल प्रचण्डबीच सम्वाद नै हुन छोडेको छ ।
एकता प्रक्रियामा प्रचण्डले कडा अडान लिएका छन् । उनले ५० ५० नभए एकता नगर्ने सार्वजनिक चेतावनी दिएका छन् । त्यही भएर होला, आज साँझ प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको भेटवार्तापनि स्थगित् भएको छ । प्रचण्ड माओवादी केन्द्रका केही नेताहरु लिएर आकस्मिक रुपमा सिन्धुपाल्चोक हान्निएका छन् । प्रचण्ड उता गएसँगै ओलीले यता बालुवाटारमा एकता गर्ने कि नगर्ने भन्नेबारे ठोस निर्णय लिन एमालेका शीर्ष नेताहरुसँग छुट्टै छलफल गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज साँझ बस्ने भनिएको बैठकमा प्रचण्ड नआउने भएपछि ओलीले पार्टीका प्रभावशाली नेताहरुलाई बोलाएर आन्तरिक छलफल गरेको स्रोतको दाबी छ । प्रचण्ड र ओलीबीच पछिल्लो समय राम्रोसँग सम्वाद नै भएको छैन् । प्रचण्डले एकताको लागि ५०/५० को अडान कायम राखेका छन् ।
प्रचण्ड आकस्मिक आफ्ना पार्टीका केही नेताहरु लिएर सिन्धुपाल्चोकको सुकुटे बिच पुगेपछि बैठक अन्यौलमा परेको छ ।
गाउँदेखि केन्द्रसम्म ५० ५० नभए एकता नगर्ने प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएसँगै एमाले हच्चिएको छ । प्रचण्ड एकताप्रति गम्भिर नबनेको ओली निकटका नेताहरुले बताउन थालेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही बैशाख ९ गते एकता गर्ने चर्चा चलिरहकै बेला माओवादी केन्द्रका अध्यक्ष भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् ।
ओली र प्रचण्डबीचको पछिल्लो सम्बन्धबारे मिडियामै टिकाटिप्पणी भैरहेको बेला आज साँझ हुने भनिएको दुई नेताबीचको भेटवार्ता स्थगित् भएको छ । प्रचण्ड आकस्मिक आफ्ना पार्टीका केही नेताहरु लिएर सिन्धुपाल्चोकको सुकुटे बिच पुगेपछि बैठक अन्यौलमा परेको छ ।
स्रोतले दिएको जानकारी प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको भारत भ्रमणपछि प्रचण्ड ओलीसँग त्यति सन्तुष्ट छैनन् ।
प्रचण्ड आराम गर्न लागि आज एक्कासी सिन्धुपाल्चोकको सुकुटे पुगेपछि त झनै यी दुई पार्टीबीचको एकता अन्यौलमा परेको छ । माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार प्रचण्डले अहिले एमालेसँग एकता गर्ने कि नगर्ने भन्नेबारे नै छलफल गरेका छन् ।
हुत तनावबाट मुक्त हुन प्रचण्ड सुकेटे पुगेको भनिएको छ । तर, नेता सापकोटाको भनाईलाई आधार मान्ने हो भने प्रचण्ड ओलीसँग रुष्ट बनेका छन् ।
प्रचण्डले एकताको लागि गाउँदेखि केन्द्रसम्म नै ५० ५० हुनुपर्ने बताउँदै आएका छन् ।
ओलीले धोका दिएको भन्दै प्रचण्ड एकताप्रति झनै कडा बन्दै आएका छन् । पछिल्लो समय ओलीको भारत भ्रमणपछि प्रचण्ड ओलीसँग टाढिएका छन् । आज त प्रचण्डले एमालेसँगै पार्टी एकता गर्ने कि नगर्ने भन्नेबारे छलफल सुरु गरेका छन् ।