Logo

ईक्यानमा अध्यक्षका लागि उम्मदवारी दिएका बस्नेत समुहको भिजन २०२० सार्वजनिक



वैशाख ३, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आउँदो बैशाख ८ गते हुने निर्वाचनका लागि सरोज कुमार बस्नेत प्यानलले काठमाडौँमा पनि विशेष कार्यक्रम मार्फत उमेद्वारी घोषणा गरेको छ ।

आइतवार नयाँ बानेश्वर स्थित अल्फा हाउसमा तामझामका साथ बस्नेत प्यानलले उमेद्वारी घोषणा गरेको हो । केही दिन अघि मात्र चितवनमा पनि उमेद्वारी घोषणा गरेर देशब्यापि रुपमा उमेद्वार परिचयात्मक कार्यक्रम गरेर फर्किएको बस्नेत टिमले काठमाडौँमा पनि शक्ति प्रर्दशन सहित उमेद्वारी घोषणा गरेका हो ।

करिव चार सय जनाको उपस्थितिमा सम्पन्न घोषणा सभामा इक्यानका पूर्व अध्यक्ष उत्तम पन्त, अरुण लामिछाने, बुद्धि रेग्मी, दिपक गुरुङ लगायतको उपस्थिति रहेको थियो । ‘२४ महिना २४ काम सहि नेतृत्व साझा इक्यान’ भन्ने नाराका साथ चुनावि मैदानमा रहेको बस्नेत प्यानलले २४ महिनामा गर्ने २४ कामको विवरण समेत सार्वजनिक गरेको छ । आगामी दुई बर्षका लागि ‘भिजन २०२०’ लक्ष्यका साथ बस्नेत टिम चुनावि मैदानमा उत्रिएको हो ।

बस्नेत टिमबाट अध्यक्षमा सरोज कुमार बस्नेत, उपाध्यक्षमा राजेन्द्र रिजाल, मेहेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम के।सी र ज्ञानेन्दमान जोशी, कोषाध्यक्षमा सुर्य बहादुर डाँगी, सहकोषाध्यक्षमा राकेस श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन ।

त्यसैगरि सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री के.सी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मोनोरम शाहले उमेद्वारी घोषणा गरेका छन । यस निर्वाचनमा आफ्नो प्यानलनै विजयी हुने दावि बस्नेत प्यानलको छ ।
कार्यक्रममा इक्यानका पूर्व अध्यक्ष उत्तम पन्तले इक्यानलाई परिवर्तन गर्दै गतिशिल नेतृत्व गर्नसक्ने क्षमता सरोज बस्नेत र उनको टिममा आफूले देखेको बताए ।

सरोज बस्नेत प्यानलको उमेद्वारी घोषणा कार्यक्रममा ऐक्यबद्वता जनाउन अल्फा हाउस पुगेका पन्तले राजनितिबाट इक्यानलाई अलग बनाउँदै अगाडी लैजानुपर्ने आवश्यकता औल्याउँदै त्यसको नेतृत्व बस्नेत टिमले गर्न सक्नेमा आफू आशाबादी रहेको बताएका थिए ।
त्यस्तै अर्का पूर्व अध्यक्ष दिपक गुरुङले पनि बस्नेतको टिम राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रहेको बताएका थिए ।

विगतदेखि नै ईक्यानमा राजनीति प्रवेश गराइएकोप्रति आपत्ति जनाउँदै गुरुङले यसपटक बस्नेत समुहलाई विजयी गराएर ईक्यानलाई राजनीतिमुक्त बनाउन आग्रह गरे ।

अध्यक्षका उम्मेदवार सरोजकुमार बस्नेतले आफूले संधै कामलाई पुजा गर्ने र आफ्ना लागि शैक्षिक परामर्शको क्षेत्र भन्दा अर्को काम नभएको बताए । एक शैक्षिक परामर्श दाता हुँ भनेर भिजिटिन कार्ड देखाउँदा गर्व लाग्ने उनको भनाई थियो ।

प्रतिस्पर्धी बिष्णुहरी पाण्डेप्रति कटाक्ष गर्दै शैक्षिक परामर्श व्यवसायीको छाता संगठनको नेतृत्वका लागि शैक्षिक परामर्श व्यवसायीसँग एउटा व्यापारी प्रतिस्पर्धा गर्न आएको बताए ।

कार्यक्रममा ईक्यान ललितपुर, ईक्यान चितवन लगायतका जिल्ला शाखाहरुले पनि बस्नेतको टिमलाई समर्थनसहित शुभकामना व्यक्त गरेका थिए ।

के हो २४ महिना २४ काम ?

‘२४ महिना २४ काम सही नेतृत्व, साझा इक्यान’ भन्ने नाराका साथ सार्वजनिक गरिएको भिजन २०२० मा इक्यानलाई सङ्घीय संरचना देखि इक्यानको विश्वव्यापिकरण, शिक्षा मन्त्रालयसँगको सम्बन्ध र शैक्षिक गन्तव्यहरूको खोजीका विषयहरू समावेश गरिएका छन् ।

भिजन २०२० सार्वजनिक गर्दै अध्यक्षका उम्मेदवार बस्नेतले इक्यानलाई शैक्षिक क्षेत्रको महत्त्वपूर्ण अङगका रूपमा स्थापित गरी व्यावसायिक हक हितका लागि आफ्नो टिम लागिपर्ने बताए ।

बस्नेत समूहको भिजन २०२० मा दुई वर्षमा २४ काम तय गरिएको छ । जस अनुसार इक्यानलाई सङ्घीय ढाँचामा लैजाने, इक्यानका कार्य समितिका पदाधिकारीले मात्र बढी अवसर र लाभ पाएकोमा अब सदस्यहरूको सन्तुलित प्रतिनिधित्व गराइने भएको छ ।

यसै गरी इक्यानलाई विश्वब्यापीकरण गराउन ASIAN चेम्बर अफ कमर्स, BRICS चेम्बर अफ कमर्स अन्तर्गत Education Related unit मा आबद्ध हुने, शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान दिएका ख्याति प्राप्त व्यक्तिहरू सम्मिलित Business Support Unit गठन गर्ने, शिक्षा मन्त्रालयसँग आवश्यक परामर्श गरी व्यवसायी मैत्री नियमावली निर्माण गर्न पहल गर्ने, संस्था नविकरणलाई १ वर्षबाट संशोधन गरी २ वा ३ वर्ष बनाउने व्यवस्था मिलाइने घोषणा गरिएको छ ।

यसैगरी, इक्यानले गर्ने विभिन्न इभेण्ट (इक्यान मेघा फेयर लगायत अन्य फेयर, सामाजिक कामहरू निश्पक्ष र सम्पूर्ण सदस्यहरूको चाहना र अपेक्षा अनुसार गरिने, सदस्यहरूलाई सबै प्रकारका राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना सर्वसुलभरुपमा उपलब्ध गराउनुका साथै सदस्यहरूलाई व्यावसायिक एवं मानसिक सवलिकरणका कार्यक्रम गर्ने, इक्यानको कोषमा प्राप्त सबै प्रकारका आम्दानीबाट निश्चित रकम छुट्याई कोष खडा गर्ने र सो कोषबाट इक्यान सदस्यहरू र विद्यार्थी वर्गलाई भैपरी आउने समस्यामा खर्च गर्ने व्यवस्था मिलाउने घोषणा गरिएको छ ।

नेपाल सरकारको उच्च स्तरीय भ्रमणमा इक्यानको तर्फबाट प्रतिनिधित्व गराउनका लागि विशेष पहल गर्ने, सुविधासम्पन्न कार्यालय व्यवस्थापन गर्ने, शाखा कार्यालयहरूलाई सामयिक स्तरोन्नती गरिने, इक्यानमा सहायता कक्ष स्थापना गर्ने, टोल फ्री नं. जडान गर्ने, विद्यार्थीको ट्युसन शुल्क संरक्षण गर्न कट्टा गरिएको १ प्रतिशत रकमलाई विद्यार्थीको हित एवं समस्यामा खर्च गर्न राज्यसँग छलफल गरी व्यवस्था गरिने भनिएको छ ।

सचिवालयको हालकोसंरचनालाई पुर्नसंरचना गरिने, इक्यानको विधान बमोजिम विभिन्न विभागहरूको गठन गरी हरेक ३र३ महिनामा विभाग संयोजकले सम्पन्न गरेका कार्य सम्पादनको मुल्याङकनको समीक्षा गर्ने, नयाँ शैक्षिक गन्तव्यहरूको पहिचान गरी विभागहरूको गठन गर्ने बताइएको छ ।

यसै गरी शैक्षिक परामर्श क्षेत्रमा रहेका समान प्रकृतिका संघरसंस्थाहरुसँग सौहार्दपूर्ण सम्बन्ध विकास गरी साझा हित र भलाइका लागि एउटै किसिमको आचार संहिता लागू गर्न व्यवस्था मिलाउने, इक्यान सदस्यहरूको क्षमता अभिबृद्धि गर्न काम गर्ने लगायतका रहेका छन् ।
उम्मेदवार घोषणा कार्यक्रममा इक्यानमा आबद्ध दर्जनौँ सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

इक्यानको निर्वाचन यही वैशाख ८ गते हुने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्