Logo

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण



नयाँ दिल्ली ३ बैशाख : भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन ।

भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन् ।  छत्तिसगढ राज्यको नारायनपुर जिल्लामा ती विद्रोहीहरुले आफ्ना हातहतियासहित आत्मसमर्पण गरेका प्रहरीले थप जानकारी दिएका छन् ।

प्रहरीसमक्ष आत्मसमर्पण गरेका यी विद्रोहीहरुले समाजिक कार्यहरुमा आफूहरुको सहभागीता रहने मनसाय व्यक्त गरेका छन् । आदिवासी र गरीब जनताको भूमि अधिकारीहरुको लागि उनीहरु दशकौदेखि लडाई गर्दै आएका यी विद्रोहीहरुको दाबी रहेको छ ।  (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्