Logo

बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा



काठमाडौँ, ४ वैशाख । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्