Logo

भोजपुरमा विद्यार्थी भर्ना अभियान



सरिता राई, भोजपुर, ४ वैशाख । भोजपुर नगरपालिका भित्र विद्यार्थी भर्ना अभियान थालिएको छ । विद्यालय उमेरका बालबालिकालाई अनिवार्य शिक्षाको पहुँचमा ल्याउने उद्धेश्यका साथ आजबाट भर्ना अभियान थालिएको हो ।

नगरपालिकाको जनसेवा आधारभुत विद्यालय, यसोधरा माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय लगायतमा बालबालिकालाई भर्ना गरेर मेयरको हातबाट रंगीन पाठ्यपुस्तक प्रदान गर्दै अभियान शुरु गरिएको स्रोतव्यक्ति धु्रव रेग्मीले जानकारी दिनुभयो ।

विद्यार्थी भर्ना तथा स्वागतका लागी सदरमुकाममा र्याली समेत गरिएको थियो । ‘विद्यालय उमेर समुहका सबै बालबालिका, विद्यालयको पहुँचमा पु¥याउने हाम्रो भूमिका’ भन्ने नारासहित यहाँका दुई नगरपालिका र सात गाउँपालिकामा विद्यार्थी भर्ना अभियान थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्