Logo

ईक्यानको चुनावका लागि दुई समुहद्धारा उम्मेदवारी दर्ता, यस्ता छन् प्रस्तावक र समर्थक



वैशाख ५, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघको वैशाख ८ गतेका लागि तय भएको आसन्न निर्वाचनका लागि अध्यक्षका दुई उम्मेदवारले उम्मेदवारी मनोनयन गरेका छन् ।

प्यानलसहित उम्मेदवारी घोषणा गरेका सरोजकुमार बस्नेत र विष्णुहरी पाण्डेले उम्मेदवारी मनोनयन गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय डिल्लीबजारमा पुगेर दुवै समुहले उम्मेदवारी दर्ता गराएको हो ।

सरोजकुमार बस्नेतको प्रस्तावकमा महेशकुमार कार्की छन् भने समर्थकमा दिपक गुरुङ रहेका छन् ।

बस्नेतकै प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका राजेन्द्र रिजालको प्रस्तावक दिनेक कोइराला छन् भने समर्थक दिनेश पौडेल रहेका छन् ।

उपाध्यक्षका अर्का प्रत्यासी महेशबाबु तिमिल्सिनाको प्रस्तावकमा दिनेश ढकाल र समर्थकमा रिती तण्डुकार छन् ।

उपाध्यक्षकै अर्का उम्मेदवार उमेश ढुङ्गेलको प्रस्तावकमा दिनेश पौडेल छन् भने समर्थकमा महेशबाबु तिमिल्सिना छन् ।

रिजाल, तिमिल्सिना र ढुङ्गेल बस्नेत समुहबाट उपाध्यक्षका लागि चुनाव लड्दैछन् ।

अध्यक्षका अर्का प्रत्यासी विष्णुहरि पाण्डेको प्रस्तावक समर्थकमा वर्तमान अध्यक्ष प्रकाश पाण्डे र समर्थकमा निवर्तमान अध्यक्ष राजेन्द्र बराल छन् ।

पाण्डे समुहबाट उपाध्यक्षका लागि उम्मेदवारी दिएका देवीदास भट्टराईको प्रस्तावकमा यमप्रसाद तिवारी छन् भने समर्थकमा मदनकुमार अधिकारी रहेका छन् ।

त्यसैगरी उपाध्यक्षकै उम्मेदवार खड्ग ताम्लिङको प्रस्तावकमा कोषराज गिरी छन् भने समर्थकमा गायत्रीप्रसाद खतिवडा रहेका छन् ।

उपाध्यक्षका अर्का उम्मेदवार सपना राजभण्डारीको प्रस्तावकमा विनोद कुमार सिंखडा र समर्थकमा दिपक न्यौपाने रहेका छन् ।

त्यसैगरी बस्नेत समुहबाट महासचिवको उम्मेदवार बनेका सन्तोष प्याकुरलेको प्रस्तावकमा दिपक गुरुङ र समर्थकमा महेशकुमार कार्की रहेका छन् ।

पाण्डे समुहका महासचिवका उम्मेदवार शेषराज भट्टराईको प्रस्तावकमा वीरलाल भट्ट र समर्थकमा राजेश्वर धिताल रहेका छन् ।

चुनावमार्फत चयन गरिने पदाधिकारीसहित १८ केन्द्रिय कार्यसमितीका लागि आगमी ८ गते चुनाव हुँदैछ ।

दुैवै समुहले चुनाव आफूहरुले जित्ने दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्