Logo

चिन आफू पन्छिएर भारतसँग सहकार्य गर्न सुझाब दिएको होइन : पूर्व राजदुत कार्की



वैशाख ६, काठमाण्डौ । चिनका लागि नेपालका पूर्व राजदुत टंक कार्कीले नेपाल र चिनबिचको सम्बन्ध गहिरो र आत्मिय बन्दै गएको बताएका छन् ।

पछिल्लो समय चिनले नेपालको विकास गर्नका लागि भारतसँग सहकार्य गर्न सुझाब दिएको बताइएको छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कार्कीले नेपालको विकासका लागि भारत र चिनको भूमिका हुने भएकाले भारतसँग पनि सहकार्य गर्न सुझाब दिएको हुन सक्ने बताए ।

चिन आफू पन्छिएर भारतसँग सहकार्य गर्न सुझाब दिएको नभै दुवै देशसँगको सहकार्य आवश्यक छ भन्न खोजिएको कार्कीको तर्क छ ।

“नेपालको आर्थिक विकासमा भारत र चिन आर्थिक सहयोगि बन्न सक्छन् भन्ने अर्थमा भनिएको हो । दुवै पक्ष चाँही संलग्न भइदिए भने राम्रो हुन्छ भन्ने अभिप्रायले भनिएको हो । अन्यथा सोच्नु हुँदैन ।” कार्कीले भने ।

आफ्नो छिमेकी देशको विकास, शान्ति र स्थिरता चिनको पनि चाहना भएको उनको दाबी छ ।

चिनसँग जोडिएको तातोपानी नाका लामो समयदेखि बन्द भए पनि अब खोल्नका लागि चिनिया पक्ष राजी भएको उनले बताए । “आशा गरौँ अब छिटै तातोपानी नाका खुल्छ । नाका खोल्नका लागि चिन तयार भएको छ ।” कार्कीले भने ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको चिन भ्रमणले दुई देशबिचको सम्बन्ध र सहयोगमा सकारात्मक परिवर्तन हुने कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस्