Logo

सल्लाहकार रिमालबाट बालिकाको अभिभावकत्व ग्रहण



नुवाकोट, ६ वैशाख : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराउनुभएको छ ।

राईगाउँका सुमन र सुस्मिताको छोरी स्वस्तिकालाई गौरीबेँसीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ‘बालकक्षा’मा बुधबार भर्ना गरी अध्ययनका लागि आवश्यक खर्चको व्यवस्थापनको जिम्मेवारी बहन गर्नुभएको विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी भट्टले जानकारी दिनुभयो ।

घरको आर्थिक अवस्था कमजोर भएको स्वस्तिकाका लागि आवश्यक पोषाक, सिसाकलम, कापी, झोलालगायतमा आवश्यक खर्च जिफन्टका अध्यक्षसमेत रहनुभएका रिमालले व्यवस्थापन गराउनुभएको हो ।

विद्यार्थी भर्ना महाअभियानको समय बनाएर उहाँले बालिकाका लागि माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सबै खर्च सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

उहाँले उक्त विद्यालयमा दिवंगत आफ्ना बुबाआमा शिवप्रसाद–नर्मदा रिमालको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गरी गरीब, असहाय तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आउनुभएको छ ।  (रासस)



प्रतिक्रिया दिनुहोस्