Logo

जापानी राजदुतद्धारा आँखा अस्पतालको उद्घाटन



सरिता राई, भोजपुर, ६ वैशाख । जापानि राजदुत मासासी ओगावाले आज भोजपुर आँखा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।

भोजपुर नगरपालिका १२ पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगबाट निमार्ण भएको आँखा अस्पताल भवनको जापानी राजदुत ओगावाले रिबन काटेर समुउद्घाटन गर्नुभएको हो ।

दुई तला रहेको भवनलाई जापान सरकारले १ करोड यन उपलब्ध गराएकोे थियो ।उद्घाटन कार्यक्रममा जापानि राजदुत ओगावाले जापान सरकारले नेपालको सबै क्षेत्रमा विशेष प्राथमिकताका साथ सहयोग गरेको बताउँदैं नवनिर्मित आँखा अस्पताल महत्वपुर्ण रहेको दाबी गर्नुभयो ।

भवन उद्घाटन तथा भोजपुर अवलोकणको लागी राजदुत सहित नेपाल नेत्र ज्योती संघका केन्द्रिय अध्यक्ष डा. तिर्थ प्रसाद मिश्र भोजपुर आउनुभएको हो । उहाँहरुले टक्सारको बौद्ध बिहार, महिला छात्राबास तथा गुम्बाको पनि अवलोकण गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्