Logo

१५ टुहुरा बालबालिकाका अभिभावक बने पूर्व गृहमन्त्री शर्मा



रुकुम, ६ वैशाख : प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुुभएको छ ।

ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् । पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय भर्ना गर्नाका साथै निःशुल्क विद्यालय पोशाकसमेत प्रदान गर्नुभएको थियो । आठविसकोट नगरपालिका वडा नं ९ मा रहेको सिस्ने हिमाल बालगृह र दीपज्योति आधारभूत विद्यालयमा १५ जना बालबालिकालाई भर्ना तथा पोशाक प्रदान गरेर उहाँले अभिभावकत्व ग्रहण गर्नु्भएको हो ।

अभिभावकीय जिम्मेवारी लिँदै उहाँले गुणस्तरीय शिक्षा नहुँदा बेरोजगारीको संख्या बढ्दै गएको बताउनुभयो । राज्यले प्रदान गर्ने सेवा सुविधा सबै नागरिकले समान तरिकाले पाउनुपर्ने मान्यता स्थापित गर्न आफूले टुहुरा बालबालिकाको जिम्मा लिएको पनि उहाँले बताउनुभयो ।

विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पूर्वमन्त्री शर्माले स्थानीय तहहरुसँग आग्रह गर्नुभयो ।

आमाबुबा नभएर संरक्षकविहीन भएका बालबालिका नवराज बुढा, डिल्ली बुढामगर, किरण पुनमगर, खिमा ओली, सुशीला चनारा, पूर्णिमा शाही, रीता सार्की, रोशनी विक, देविका विक, जितबहादुर घर्ति, रुपा विक, विनीता सार्की, जीवन बटाला र तिलक बटालाको अभिभावकत्व उहाँले लिनुुभएको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्