काठमाडौं, ७ बैशाख । नेपालको पूराना तथा नाम चलेको मुरराका समुहरुले शक्तिको दुरुपयोग गर्दै ब्रम्हलुट मच्चाईरहको खुलासा भएको छ । कमशल सिमेन्ट उपभोक्तालाई दिएर मुरराका समूहले ब्रम्हलुट मच्चाएको बुझिएको छ ।
मुरराका समूहले गुणस्तरहिन सिमेन्ट उत्पादन गरेपछि सिमेन्टको ‘एनएस’ चिन्न खारेज गर्नेबारेपनि अहिले चर्चा भैरहेको छ । मुरराका समूहले नेपाल गुणस्तर तथा नापतौल विभागले अर्घाखाँची सिमेन्ट प्रालिलाई दिएको गुणस्तर चिन्नको इजाजत रद्द गर्नेसम्मको तयारी थालेको स्रोतको दाबी छ ।
उक्त प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा फरक कच्चापदार्थको प्रयोग गरेर सिमेन्ट उत्पादन गरेको पाइएकाले विभागले आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गर्ने तयारी थालेको उच्च स्रोतको दाबी छ ।
मुरराका समूहका प्रमुख व्यक्ति अशोक मुरराकाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो सिधा सम्पर्क रहेको बताउँदै छन् । ओलीसँग घनिष्ठ सम्बन्ध रहेको भन्दै उनले धम्क्याईरहेका छन् । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पशुपति मुरराका र उनका दाजु अशोक मुरराको पूर्ण स्वामित्वमा अर्घाखाँची सिमेन्ट सञ्चालन छ ।
भौतिक निर्माण कार्यको विस्तारसँगै नेपालमा सिमेन्ट उद्योग बढ्नु र सञ्चालन हुनु राम्रो कुरा हो । नेपालमा यसअघि ठूलो परिमाणमा सिमेन्ट भारतबाट आउने गरेको थियो । नेपालमै सिमेन्ट उद्योग खुल्नु राम्रो हो । तर, सिमेन्ट उद्योग खोल्ने नाममा गुणस्तरहिन र कच्चा सिमेन्ट उपभोक्तालाई प्रदान गरेर उक्त प्रालीले ब्रम्हलुट गरेको स्रोतको दाबी छ ।
सिमेन्ट मात्रै नभएर उक्त ग्रुपको नेतृत्वमा रहेको पशुपति पेन्ट्सपनि बजारमा गुणस्तरहिन रहेको पाईएको छ ।