Logo

निगमका महाप्रबन्धक कंशकार ‘वाइड बडी’को खरिदको कमिशन खाएर ब्रम्हलुट मच्चाउँदै, महालेखाले उठायो प्रश्न



काठमाडौं, ६ बैशाख । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकार एअरबस ३३०—२०० सेरिजका २ थान ‘वाइड बडी’को खरिदमा आउने कमिशन र उत्पादक कम्पनीले दिने छुटमा ब्रम्हलुट मच्चाउने खेलामा लागेको खुलासा भएको छ । ‘वाईड बडी’ खरिदमा कंशकारले अर्बौ रुपैयाँ हिनामिना गरेको स्रोतको दाबी छ ।

कंशाकारले २०७४ चैत्र २० गते निगमले खरिद गर्न लागेका एअरबसको दुई ठूला विमानमा लाग्ने चार थान इञ्जिनको मर्मतसम्भारको ठेक्का यसको निर्माता रोल्सरोयसलाई डेढ दशकको लागि दिने घोषणा गरेसँगै यसप्रति प्रश्न उठाउन सुरु भएको थियो । निगमले रोल्स रोयसको टे«न्ट ७७२ सेरिजका इञ्जिनसहितको जहाज खरिद गर्दैछ ।

नेपालको एकमात्रै राष्ट्रिय ध्वजावाहक संस्थाको प्रमुख व्यक्तिले यस्तो ब्रम्हलुट मच्चाईरहँदापनि वर्तमान सरकार, त्यो पनि ईतिहाँसकै शक्तिशाली सरकार मुकदर्शक बनेको छ ।

कंशकारले निगमको प्रमुख भएर पदीय जिम्मेवारी सम्हाल्नुभन्दापनि आर्थिक चलखेलमा आवद्ध हुनु शंकास्पद देखिएको छ । हालै महालेखापरीक्षकले विमान खरिदमा अनियमितता भएको दाबी गरेको छ । महालेखापरीक्षक टंकमणि शर्माले नेपाल वायुसेवा निगमका सञ्चालक समितिका पदाधिकारीसहित महाप्रबन्धक र उच्च अधिकृतलाई राखेर यसका बारेमा छलफल गरेका थिए ।

एक उच्च स्रोतले दिएको जानकारी अनुसार उक्त विमान खरिद प्रक्रिया नै गलत भएको भनेर महालेखापरीक्षकले प्रश्न उठाएको छ । स्रोतको दाबी छ,‘यसबारेमा महालेखापरीक्षकको कार्यालयबाट सोधपुछ हुँदासमेत निगमको तर्फबाट केही पदाधिकारी लिएर महाप्रबन्धक कंशकार यतिवेला शक्तिकेन्द्र धाउन थालेका छन्।’
कंशकारले यो काण्डमात्रै नभएर निगमलाई डुबाउनेगरि आफ्नो क्रियाकलापहरुलाई केन्द्रित गरेका छन् । कंशकार आँफै एभियसनसम्बन्धी ज्ञाता नभएको कारणले नेपालको एकमात्रै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्स दिनानुदिन डुब्ने खतरामा छ । निगमलाई डुब्ने खतराबाट मुक्ति दिलाउनको लागि वर्तमान सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विशेष चासो देखाएर अनियमिततामार्फत ब्रम्हलुट मच्चाउने कंशकारलाई कानूनी कारबाहीको दायरामा ल्याउन जरुरी रहेको विज्ञहरुको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्