Logo

ओली-प्रचण्डबीच आजपनि ३ घण्टा छलफल, कुरा मिलेन



काठमाडौं, बैशाख ७ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजपनि पार्टी एकताका विषयमा एक्ला एक्लै करिब ३ घण्टा छलफल भएको छ । तर, उनीहरुबीच एकताको विषयमा ठोस सहमति भने नभएको स्रोतको दाबी छ । 

बैशाख ९ गतेका लागि एकता गर्ने भनिएपनि त्यो दिनको लागि एकता टरिसकेको माओवादी केन्द्रका नेता अग्नि सापकोटाले स्पष्ट पारिसकेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले यस्तो बताएका थिए । उनले अब एकता आउने जेठको १ गते हुने घोषणा गरेका छन् । बिहीबार ३ घण्टा एक्लाएक्लै छलफल गरेका ओली र प्रचण्डले शुक्रबार पनि २ घण्टा छलफल गरे।

त्यसअघि बैशाख ३ गते उनीहरुले एक्लाएक्लै छलफल गरेपछि ४ गतेका लागि एकता संयोजन समिति बैठक डाकेका थिए। ४ गतेको एकता संयोजन समितिको बैठकपछि पनि दुई नेताले केहीबेर बालुवाटारमा एक्लाएक्लै छलफल गरेका थिए। त्यसयता दुई नेता लगातार एक्ला एक्लै छलफलमा छन्।



प्रतिक्रिया दिनुहोस्