Logo

भोजपुर होटल व्यवसायी संघमा पुन लिलादेवी



सरिता राई, भोजपुर, ७ वैशाख : भोजपुर होटल व्यवसायी संघको दोस्रो अधिवेशनबाट पुन लिलादेवी राई अध्यक्षमा चयन हुनुभएको छ ।

‘भोजपुर होटल व्यवसायी संघको एकता भोजपुरमा एकिकृत भई व्यवसाय गर्ने प्रतिबद्धता’ भन्ने मुल नाराका साथ भोजपुर सदरमुकाममा आज सम्पन्न दोस्रो अधिवेशनबाट राईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

यस्तै समितिको उपाध्यक्षमा शिवचन्द्र राई, सचिव कुमार भण्डारी, सह सचिव पुस्कर तिमल्सीना, कोषाध्यक्ष रेनिका राई सहित १५ सदस्यीय कार्यसमिती चयन गरेको अध्यक्ष राईले बताउनुभयो ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने अधिकाशं वक्ताले संघियताले होटल व्यवसाय धारासायी बन्दै गएपनि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन गुणात्मक परिणाम दिनुपर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्