Logo

राजपा वार्षिकोत्सव : देउवादेखि राजदतुसम्म उपस्थित्, ओली गएनन (फोटोफिचर)



काठमाडौं, ७ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा चियापान समारोहको आयोजना गरेको छ ।

उक्त चियापान समारोहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि भारतीय राजदूत मञ्जिभसिंह पूरीसमेत उपस्थित भए । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित् भएनन् । प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएपनि उनी भने उपस्थित भएनन् ।

यसअघि सो पार्टीको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेताहरुले राजपालाई थप शसक्त बनाएर लैजाने घोषणा गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्