Logo

निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही : श्रेष्ठ



फलेवास, पर्वत, ७ वैशाख (रासस) : नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारवाही गरिने बताउनुभएको छ ।

सदरमुकाम कुश्माबजारमा सञ्चालित तरुण दलको ४ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दैैै उहाँले ३६४ दिन काँग्रेस बन्ने तर निर्वाचनको दिन अरु दललाई सहयोग गर्ने कार्यकर्तालाई खोजी खोजी कारवाही गरिने उल्लेख गर्नुभयो ।

पछिल्लो तीन निर्वाचनमा काँग्रेस हार्नाको मुख्य कारण अन्तरघात भएको जिकिर गर्दै उहाँले भन्नुभयो, “काँग्रेसमा कारवाहीको व्यवस्था नहुँदा यस्तो अवस्था आएको हो, अब कारवाहीको व्यवस्था गर्नुपर्छ ।” उहाँले तरुण दलका कार्यकर्तालाई गाउँगाउँमा परिचालन भएर पार्टीका राम्रा काम नागरिकसम्म पु¥याउन निर्देशन दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्