Logo

प्रदेश समितिका लागि आज पनि मनोनयन



काठमाडौँ, ९ वैशाख : नेपाल पत्रकार महासंघको प्रदेश समितिको निर्वाचनका लागि आज पनि उम्मेदवार मनोनयन हुँदैछ । यसअघि गत शुक्रबार मनोनयन गरिएकामा आज पुनः उम्मेदवारको मनोनयनका लागि म्याद थपिएको हो ।

अहिले १० बजेबाट दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयनका लागि समय तोकिएको केन्द्रीय निर्वाचन समिति सदस्य बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।
निर्वाचन समितिले शुक्रबार मनोनयनमा छुट भएका असन्तुष्ट पक्षधरलाई समेट्नका लागि आज पनि मनोनयनको समय छुट्याइएको हो ।
प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएपछि क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघलगायतले असन्तुष्टि जनाउँदै निर्वाचन कार्यालयमा ताला लगाएका थिए ।

यही वैशाख २२ गते सात भौगोलिक प्रदेश र उपत्यका, एशोसिएट तथा प्रतिष्ठान गरी १० प्रदेशमा २१ सदस्यीय प्रदेश समितिको निर्वाचन हुँदैछ ।

निर्वाचनमा पत्रकार महासंघका साधारण सदस्यले मतदान गर्ने छन् । पहिलो पटक प्रदेश समितिको निर्वाचन हुन लागेको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्