Logo

मोदीको नेपाल भ्रमणबारे दुवै देशद्धारा गृहकार्य सुरु



काठमाडौं, ९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे दुवै देशका विदेश मन्त्रालयले तयारी थालेका छन् । उच्च स्रोतले दिएको जानकारी अनुसार मोदी यही बैशाख २८ गते आउने सम्भावना छ । तर, भ्रमणको मिति भने एकिन भैसेकेको छैन् ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले मोदीको भ्रमणबारे गृहकार्य सुरु गरिसकेका छन् । मोदी यसपटक जनकपुर र मुक्तिनाथको पनि भ्रमण गर्नेगरि नेपाल आउँदैछन् । उनले यसअघिपनि जनकपुरको जानकी मन्दिरको दर्शन गर्ने ईच्छा जाहेर गरेका थिए । तर, परिस्थितिले साथ नदिएपछि उनको उक्त ईच्छा अधुरो बनेको थियो । अहिले आएर उनको चाहना पूरा भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । यसअघि मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले गत चैत्रको २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गरेका थिए ।

मोदीको नेपाल भ्रमण विल्कुल नयाँ परिस्थितिमा हुन लागेकोले उनको भ्रमणसँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पर्ने कुटनीतिज्ञहरुको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्