Logo

पार्टी एकता तोकेको मितिमा होईन, ड्याम्मै हुन्छ : प्रचण्ड



काठमाडौं, ९ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता नतोकेको दिन ड्याम्मै घोषणा हुने बताएका छन् ।

काठमाडौंको राष्ट्रियसभा गृहमा दुइ वटा ब्यानर राखेर कार्यक्रम सञ्चालन गरिएको हो।  पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले अब छिटै नयाँ केन्द्रीय कमिटी बनाउने समेत घोषणा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले वैचारिक, राजनीतिक, सांगठनिकलगायत विषय निष्कर्षतिर पुर्‍याइसकेको भन्दै दाहालले एकता प्रक्रिया नबिग्रिएको दाबी गरे । उनले सम्ममानजनक ढंगले एकता गर्नुपर्नेमा जोड दिए । प्रचण्डले अघि भने,‘ ‘कसैलाई ह्युमिलेट गर्ने ढंगले होइन कि समानता, सम्मानजनक र न्यायोचित ढंगले एकता हुनुपर्छ।’

उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । आफूहरु प्रतिपक्षी दल नेपाली कांग्रेससँगपनि मिलेर अघि बढ्न तयार रहेको उनको भनाई थियो ।
एमालेले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्नुपर्ने बताउँदै प्रचण्डले अब संयमित भएर अघि बढ्न सुझाव दिए । उनले भने,‘हामी एउटा सिम्पल मान्छेबाहेक अरु केही त होईन नि, जनताले दिएका जिम्मेवारी पूरा गर्नको लागि हामी संकल्पसहित आएका छौं, त्यसैले यो एकतालाई निश्कर्षमा पुर्याएर राष्ट्रिय एकता र समृद्धिको नयाँ दिशातिर लैजानुपर्छ।’

पार्टी एकता संयोजन समितिको आयोजित कार्यक्रममा एमाले नेता विष्णु पौडेलले स्वागत मन्तव्य राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्