Logo

एकता सम्मानजनक, समानता र नयायोचित रुपमा हुन्छ : प्रचण्ड



काठमाडौं, ९ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्रबीच सम्मानजनक, समानता र न्यायोचित रुपमा नै हुने दाबी गरेका छन् ।

उनले भने,‘पार्टी एकताको नयाँ मोडालिटीमा तीन आधार तय भएका छन् । सम्मानजनक, समानता र नयायोचित । हामी अब यी आधारमा संभव भएसम्म छिटो पार्टी एकताको घोषणा गर्दछौं । तर त्यो हल्ला गरेर होइन असोज १७ गते जस्तै गरी ढ्याम्मै एकता गछौं र गर्नुपर्छ ।’

विगतको एमाले सँगको सम्बन्धलाई स्मरण गर्दै प्रचण्डले भने,‘हिजोका दिनमा हामी ह्रस्व, दीर्घ, कमा र पूर्ण विराममा पनि विवाद गथ्र्यौ तर आज समय फेरिएको छ । समयको माग र जनअपेक्षा चुनावी तालमेलले मात्रै पूर्ती गर्दैन भनेर बृहत वाम एकता प्रक्रियामा कमरेड केपी ओली र म लगायतका नेता जुटियौं । पार्टी एकता प्रक्रिया अहिले अन्तिम विन्दूमा छ ।’

‘प्रचण्ड’ले वैशाख ९ गते नै पार्टी एकता गर्ने निर्णय नभएको जिकिर गरेका छन्।  ‘ओलीजी र मबीच पार्टी एकताबारे छलफल त भएको थियो तर मिति भने तय भएको थिएन। मिडियामा हल्ला भयो। तर त्यो हाम्रो औपचारिक निर्णय भने थिएन’, कार्यक्रममा बोल्दै उनले भने,‘पार्टी एकता भइछाड्छ तर अहिले नै मिति भने तय भएको छैन।’

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्