Logo

देउवालाई ओलीले भने : पत्रकारको अपमान गर्न कसरी आँट आयो ?



काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले अधिनायवादी शासन सुरु गरेको भनेर लगाएको आरोपको कडा रुपमा खण्डन गरेका छन् ।

देउवाले हिजो काठमाडौंमा भएको एक कार्यक्रममा सरकारका विरुद्ध लेख्न मिडिया डराएको आरोप लगाएका थिए । देउवाको भनाईमा खण्डन गर्दै ओलीले विरोध जनाएका हुन् ।

उनले भने,‘हिम्मत कसरी भयो होला ? हुन त मान्छेले गति नै छोडेपछि कसको के लाग्छ र ?  आफूहरु राष्ट्रियताको सवालमा एकाबद्ध रहेको बताउँदै उनले भने,‘हाम्रो देशको हितलाई सर्वोपरी राख्छौं । हाम्रो स्वाधिनता, भौगोलिक अखण्डता यसमा तलमाथि हुन दिँदैनौं ।’

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्