Logo

एमाले–माओवादी एकताबारे ओलीको उद्धघोष : जुत्ता मिलेन भने खुट्टा ताछेर पनि मिलाउनुपर्छ, अब एकता हुन्छ’



काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा ओलीले भने, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ (ताछेर) पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो छैन ।’

ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले अधिनायवादी शासन सुरु गरेको भनेर लगाएको आरोपको कडा रुपमा खण्डन गरेका छन् ।

देउवाले हिजो काठमाडौंमा भएको एक कार्यक्रममा सरकारका विरुद्ध लेख्न मिडिया डराएको आरोप लगाएका थिए । देउवाको भनाईमा खण्डन गर्दै ओलीले विरोध जनाएका हुन् । उनले भने,‘हिम्मत कसरी भयो होला ? हुन त मान्छेले गति नै छोडेपछि कसको के लाग्छ र ?

आफूहरु राष्ट्रियताको सवालमा एकाबद्ध रहेको बताउँदै उनले भने,‘हाम्रो देशको हितलाई सर्वोपरी राख्छौं । हाम्रो स्वाधिनता, भौगोलिक अखण्डता यसमा तलमाथि हुन दिँदैनौं ।’

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्