Logo

पूर्व डिआईजी निरौला ३३ केजी सुन प्रकरणमा पक्राउ



काठमाडौं, ९ बैशाख । साढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।

उक्त प्रकरणबारे अनुसन्धान गर्न गठित छानबिन समितिले निरौलालाई आइतबार पक्राउ गरेको प्रहरी स्रोतले बतायो । निरौलाले गत २९ चैतमा अवकाश पाएका हुन् ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरौला निरन्त सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेका थिए । गत ७ माघमा यूएर्इबाट अाएको तस्करीको साढे ३३ केजी सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याकाण्डमा प्रहरीकै मिलेमतो रहेको अाशंकामा घटनाको अनुसन्धानका लागि गृहमन्त्रालयले सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।

घटनामा संलग्न हालसम्म २१ जना पक्राउ परिसकेका छन् ।

फेरि विमानस्थलबाट २ किलो सुन समातियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। गएको शुक्रबार राति दुबईबाट नेपाल आउँदै गरेका एक भारतीय नागरिकको साथबाट प्रहरीले करिब २ किलो लिक्विट सुन बरामद गरेको विमानस्थल प्रहरीले जनाएको छ।

केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र राखेर ल्याएको अवस्थामा फेला पारिएको हो।

केही समयअघि पनि २ किला ८ सय ग्राम सुन यसै गरी नेपाल भित्र्याउँदै गरेका बेला बरामद भएको थियो। उक्त सुन र शुक्रबार राति ल्याएको सुन एकै किसिमको भएकाले प्रहरी अनुसन्धान अघि बढाएको विमानस्थल प्रहरीले जनाएको छ।

तरल सुनलाई मेटल डिटेक्टर र वाकथु्र गेटले पनि रिड गर्न नसक्ने हुनाले सुन तस्करहरुले यस्तो उपायबाट तस्करी शुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका भारतीय नागरिकको नाम भने प्रहरीले खुलाएको छैन।



प्रतिक्रिया दिनुहोस्