Logo

पासाङ ल्हामको योगदानबाट पाठ सिक्नुपर्ने : प्रधानमन्त्री



काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न आह्वान गरेका छन् ।

पासाङ ल्हामु प्रतिष्ठानको रजत दिवसका अवसरमा सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च शिखर सगरमाथा सफाई अभियानमा जुट्न आह्वान गरेका हुन् ।

उनले सगरमाथा पवित्र स्थल भएको भन्दै फोहोर नगर्नका लागि चेतना फैलाउन आवश्यक रहेकोमा जोड दिए । नेपालको हिमाली क्षेत्र विश्वको उत्कृष्ट गन्तव्य भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले पासाङ ल्हामु शेर्पा साहसिक महिला भएको भन्दै उनको योगदानबाट पाठ सिक्नुपर्ने बताए । कार्यक्रमका सहभागीहरुले हिमाल आरोहणमा स्वर्गीय पासाङ ल्हामु शेर्पाको योगदानको चर्चा गरेका थिए । पासाङ ल्हामु शेर्पाको २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्