Logo

प्रचण्डलाई गलाएर मात्रै ओलीले पार्टी एकता गर्ने !



काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गलाएर एमाले–माओवादी केन्द्रबीच एकता गराउने पक्षमा उभिएका छन् ।

ओली निकट उच्च स्रोतका अनुसार ओलीले एकताको लागि विलम्ब गरेका छन् । ओली जति ढिला एकता भयो, त्यति नै बढि आफूलाई फाईदा पुग्ने निश्कर्षमा पुगिसकेका छन् ।

एकता संयोजन समितिले बैशाख ९ गतेको लागि एकता गर्न सिफारिश गरेको भएपनि त्यो हुन सकेन् । हिजो कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा दुवै पार्टी सम्मिलित एकता संयोजन समितिको आयोजनामा एमाले र माओवादी केन्द्रका अध्यक्षद्धय ओली र प्रचण्डले संयुक्त रुपमा सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओली निकट उच्च स्रोतको दाबी अनुसार ओलीले आफू निकटका नेताहरुसँग भनेका छन्,‘एकताको लागि अब ढिलाई गर्नुहुँदैन्, तर एकता हतारमा गरेर पछुताउने काम पनि गर्नुहुन्न, एकता हुँदैन भनेर अब कसैले नसोचेपनि हुन्छ, तर समय लाग्छ।’

एकता चाँडै हुनुपर्छ भन्ने पक्षमा प्रचण्ड उभिएका छन् । एकता ढिलो भए बेफाईदा हुने प्रचण्डको ठम्याई छ । प्रचण्डले एकता सम्मानजनक, समानता र न्यायोचित रुपमा हुनुपर्ने अडान लिएका छन् । ओलीले यो कुरा बुझेपछि प्रचण्डलाई गलाउने उद्देश्यले एकता प्रक्रियालाई अझै विलम्ब बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्