Logo

सबैले साथ छोडेपछि कांग्रेसभित्र एक्लिँदै देउवा



काठमाडौं, १० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीभित्र कमजोर बनेका छन् । ईतिहाँसमै यसअघिका कांग्रेस सभापतिहरु देउवाभन्दा कमजोर थिएनन् । देउवा अहिले निरिह बनेका छन् ।

स्थानीय, प्रदेश र केन्द्रिय चुनावमा पार्टीले लज्जास्पद हार व्यहारेपछि देउवाको पार्टीभित्र र बाहिरबाट आलोचना भैरहेका छन् । उनको कार्यशैलीको आलोचनासँगै आफू निकट मानिने नेताहरुलेपनि अहिले धमाधम साथ छोडिरहेका छन् । सूत्रहरुले दिएको जानकारी अनुसार देउवा यतिवेला तनाबमा छन् । जारी केन्द्रिय कार्य समिति बैठकमापनि उनको विरुद्ध खुलेरै युवादेखि पाका नेताहरुले खरो अभिव्यक्ति दिईरहेका छन् ।

१३ औं महाधिवेशनमा सभापतिको उम्मेद्धवारी दिँदै गर्दा उनलाई अस्वभाविक साथ र समर्थन जुटेको थियो । कतिसम्म भने कोइराला खेमाका प्रभावशाली नेता अर्जुननरसिंह केसीले देउवा प्यानलबाट महामन्त्री लडेका थिए । तर, बिडम्ना आज उनै केसी देउवाका कट्टर आलोच कबनेका छन् । उनले सार्वजनिक रुपमै देउवाको विरोध गरेका छन् । पत्रकार ऋषि धमलासँगको एक अन्र्तवार्तामा देउवा भूमिगत गिरोहबाट सञ्चालित भएको आरोप केसीले लगाएका थिए ।

अर्का नेता कृष्ण प्रसाद सिटौलापनि यतिवेला देउवाविरुद्ध मोर्चाबन्दी कस्न व्यस्त छन् । उनले देउवालाई जसरीपनि सभापतिबाट हटाउने रणनीति बुनेको कांग्रेस निकट उच्च स्रोतको दाबी छ ।

यता पदाधिकारी मनोनयन गर्न लागेका देउवालाई नेताद्धय विमलेन्द्र निधि र विजय कुमार गच्छदारमध्ये एक जनालेपनि साथ छोड्ने निश्चिित छ । देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने तयारी गरेसँगै लामो समयदेखि देउवा क्याम्पमा रहेका निधिपनि रुष्ट बन्ने निश्चित् छ ।

उता गगन थापाको नेतृत्वमा युवा नेताहरुलेपनि देउवाविरुद्ध मोर्चाबन्दी कसेका छन् । उनीहरु कुनैपनि हालतमा देउवालाई पूरा कार्यकाल सभापति खान नदिने पक्षमा दृढ भएर उभिएका छन् । पार्टीको भातृ संगठनमा पौडेल पक्षका नेताहरुले एकपछि अर्को विजयी हाँसिल गर्न थालेपछि देउवा कमजोर बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्