Logo

नेपालमा पर्यटन र लगानी सम्भावनाबारे नागोयामा विशेष कार्यक्रम हुँदै



जापान, १० बैशाख । नेपालमा पर्यटन तथा औधोगिक लगानी भित्र्याउने उद्देश्यसहित जापानी लगानीकर्ताहरुलाई लक्षित गरेर नागोयामा विशेष कार्यक्रम हुने भएको छ l

एनआरएनए जापान पूर्व अध्यक्ष तथा एनआरएनए एसिया प्यासिफिकका वर्तमान उप-संयोजक समेत रहेका पारसमणि पोखरेलको विशेष पहलमा हुन लागेको यस कार्यक्रममा जापानी उद्योगपति, स्थापित ब्याबसायीहरु, युवा उद्धमीहरु, रोटरी पूर्व गवर्नर र शहरका मेयरको समेत उपस्थिति रहने छ l

नेपाल गैसकेका जापानीहरुको अनुभव सुनाइने अनि उनीहरुले खिचेका तस्बिरको समेत प्रदर्शनी गरिने छ l कार्यक्रममा नेपालको पर्यटन, नेपालमा लगानी र सम्भावना, नेपाल-जापान सम्बन्ध अनि नेपालमा जाइकाले गरेका कार्यको कार्यपत्र समेत प्रस्तुत गरिनेछ भने कार्यक्रम जापानी युवा उद्धमीले संचालन गर्नेछन l

नेपालमा पर्यटन तथा लगानीको सम्भावना प्रचुर छ भन्ने बुझाउन र जापानीहरुलाई नेपालबारे चिनाउदै लगानी गर्न आकर्षित गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रमका उपसंयोजक पारसमणि पोखरेलले जनाए । कार्यक्रमको संयोजक नागोया सिटीका पूर्व उपमेयर तथा नेपालका तर्फबाट आइची प्रिफेक्चर जापानका पर्यटनदुत सुजुकी कात्सुहिसाले गरिरहनु भएको छ l

कार्यक्रम मे १८ तारिक शुक्रबारको दिन आइची प्रिफेक्चरको ओबु सिटी हलमा साँझ ६ बजेबाट हुने भएको छ l नेपाली बाजा सारंगीको प्रस्तुति र एक नेपाली संस्कृति ढल्किने नृत्यबाट जापानीहरुलाइ स्वागत गर्ने कार्यक्रम रहेको कुरा उप-संयोजक पोखरेलले जानकारी दिनुभयो l

कार्यक्रमलाइ एनआरएनए आइसीसी एसिया प्यासिफिकको आयोजना तथा नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतवास टोक्यो अनि जापानी युवा उद्धमी समुहले सहयोग गरेको छ l



प्रतिक्रिया दिनुहोस्