Logo

अर्थविद् कँडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त



वैशाख ११, काठमाण्डौ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो ।

नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेलले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

कँडेल एमालेका स्थायी कमिटीका पदेन सदस्य हुन् । २०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिस्ट राजनीतिमा लागेका कँडेल एमालेमा राजकीय अवसर नपाएका नेताका रुपमा चिनिन्छन् ।

कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पाेरेट ट्याक्सेसन एण्ड इनभेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका छन् ।

कँडेल एमालेको २०४९ मा सम्पन्न पाँचौ महाधिवेशनबाट केन्द्रीय लेखापरीक्षण कमिटीको सदस्य निर्वा्चित भएका थिए । उनी १० वर्षदेखि निरन्तर लेखा परीक्षण आयोगको अध्यक्ष छन्

आठौं महाधिवेशनका क्रममा संघीयता र विकेन्द्रीकरणले मुलुकलाई हित गर्दैन भनेर आफ्ना विचार राख्दा संघीयता पक्षधरले उनीमाथि हातपातसमेत गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गरेका कँडेललाई धादिङ जिल्ला कमिटीले प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि सिफारिस गरेको थियो ।

उनले २०५१ सालमा एमाले सरकारमा रहँदा ३ महिना राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्य र २०६२–६३ को आन्दोलनपछि नेपाल बैंक लिमिटेडको संचालक समिति सदस्यमा रहेर काम गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्