Logo

कम्युनिष्ट अधिनायकवाद हावी भए कांग्रेसले रोक्छ : सिटौला



काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमाथि खतरा बढ्दै गएको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा नेता सिटौलाले कम्युनिष्टहरुले लोकतन्त्र मास्न खोजेको आरोप लगाएका हुन ।

उनले मुलुकमा कम्युनिष्ट अधिनायकवाद हावी हुन खोजे कांग्रेसले रोक्ने बताए । नेपाली कांग्रेस मुलुक र राजनीतिक दलको पथ प्रदर्शक भएकाले गलत बाटो हिँड्नेलाई कांग्रेसले नै सुधार गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला, डाक्टर प्रकाशशरण महतलगायतले राजनीतिक र आर्थिक विकासको अगुवाई नेपाली कांग्रसले नै गर्ने बताए ।

नेता डा कोइरालाले लोकतन्त्र दिवसको दिनको बिदा नदिएर बर्तमान सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको बताए । प्रतिष्ठानका अध्यक्ष भिमसेनदास प्रधानको अगुवाइमा भएको कार्यक्रममा नेताहरुले लोकतन्त्र रक्षाका लागि आफूहरु लडिरहने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस्