सरिता राई, भोजपुर, १२ वैशाख । भोजपुरको प्रत्येक वडामा आश्रय स्थल बनाउने निर्णय गरिएको छ । आज बसेको जिल्ला दैविक प्रकोप उद्धार समितीको बैठकले विपत जोखिम न्युनिकरण गर्न स्थानिय तहले प्रत्येक वडामा आश्रय स्थल बनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले स्थानिय तहमै स्थानिय विपत व्यवश्थापन समिती गठन गरी कार्य गर्नुपर्ने भएको छ । स्थानिय तहले सुरक्षाकर्मी रेडक्रस लगायतसँग समन्वय गरेर विपत व्यवश्थापनको आवश्यकीय सामाग्री स्टक राख्नुपर्ने समेत निर्णय गरेको छ ।
प्राकृतिक रुपमा घट्न सक्ने विपतीबाट व्यवश्थापनको लागी यस्तो निर्णय गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । दुई नगरपालिका सहित ७ गाउँपालिका रहेको भोजपुरमा ८१ वडाहरु रहेका छन् ।