मंगलबारे, इलाम, १२ वैशाख : विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चांैथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिक्कम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । खेलको १५ औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले पहिलो गोल गरे । त्यस्तै खेलको ७१ मिनेटमा फ्रि-किकको सदुपयोग गर्दै सिक्किमका तर्फबाट इन्द्रजितले हेडमार्फत गर्दै गोल गरेर नतिजा बराबरीमा पु¥याएका थिए ।
तर, नवयुग श्रेष्ठले खेलको ७६ औँ मिनेटमा आर्मीका लागि दोस्रो गोल गरे । त्यसैगरी नवयुगले दिएको पासलाई सदुपयोग गर्दै भरत खवासले दोस्रो हाफपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेर आर्मीलाई जित दिलाए ।
आर्मीका सन्तोष तामाङ्ग खेलको म्यान अफ दि म्याच हुँदै रु १० हजार प्राप्त गरे । बिहीबारको खेल थ्रीस्टार र नेपाल प्रहरीबीच हुनेछ । (रासस)